
म्यादी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित सप्ताहव्यापी धार्मिक महोत्सव सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेल द्वारा उद्घाटन गरिएको हो ।

रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रम परिसरमा रहेको श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ सञ्चालन हने महोत्सव आयोजक समितिका अध्यक्ष नेत्र बहादुर महतले बताउनुभयो। “लक्ष्मीहरि मन्दिर स्थापनाको २५औं रजत जयन्ती एवं संस्थापक जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज स्वामीजी महाराजको १०० बर्ष पुरा भएको अवसरमा अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव आयोजना गरिएको हो ।
पछिल्लो पटक मन्दिर परिसरमा आश्रम निर्माण भएको छ। रत्नेचौर र बाग्लुङको कुडुले जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भैरहेको छ। मन्दिर स्थापना भएको २५ बर्ष र मन्दिरका संस्थापकाचार्य १०० नक्षेत्र पार गरेको अवसरमा आयोजित महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिले जनाएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, नेकपा माओवादी केन्द्रका बेनी नगर अध्यक्ष सेरबहादुर केसी लगायतले बोलेका थिए। महोत्सव उद्घाटन गर्नुअघि हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।
महोत्सव फाल्गुन २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । फोटो फिचर:

















