राजेशचन्द्र राजभण्डारी
घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन जारी छ ।
माइतीघर मण्डलामा ८५ दिनसम्म बस्दा समेत न्याय नपाएको भन्दै आज सरकार बिरूद्व पिडितका आफन्त
सामाजिक अभियन्ताहरूले कपाल खाैरिएर बिराेध गरेकाे बताए lमाइतीघर मण्डलामा बसेर आरती साहलाई न्याय नपाएको भन्दै सरकारलाई थप दबाब दिन यस्ताे कार्यक्रम गर्नुपरेको बताए ।
आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीका श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणु मिलेर उनको हत्या गरेको पीडितको भनाइ छ।
आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको गुनासो छ।












