राजेशचन्द्र राजभण्डारी
सरकारले नागरिकता बिहिन नेपालीहरूलाइ नागरिकता दिने भनेर नागरिकता बिधेक पारित गरेको दुई महिना बितिसक्दा समेत काठमाडौ माइतीघर मण्डलामा आन्दोलन हुन भने छाेडेकाे छैन ।
बारम्बार नागरिकता दिन माग गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै नागरिकता नियमावली छिटोभन्दा छिटो ल्याउन माग गर्दै पिडितहरू ९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
नागरिकता विहिन संघर्ष समिति नेपालले सरकारले नागरिकता बिधेयक पारित गरेर पनि आफुहरूले सहजरूपमा नागरिकता प्रमाणपत्र पाउन नसकेको भनी काठमाडौ माइतीघर मण्डलामा धर्ना बस्न बाध्य भएको गुनासो गरेका छन्।।
अहिले नागरिकता ऐन पारित भएपनि अहिलेसम्म आमाको नामबाट नागरिकता पाउन बाट बन्चित भएको महिलाको अधिकार हनन भएकोले संघर्षमा आउनुपरेकाे सराेकारवालाले बताए ।
नागरिकता नियमावलीमा प्रकाशमा ढिलासुस्ती भएको कारणले सांकेतिक रूपमा शान्तिपूर्ण धर्नामा बस्न बाध्य भएको हुदा नागरिकता नियमावली २०८० छिटोभन्दा छिटो प्रकाशन गर्न आमाको नामबाट नागरिकता दे बाबुको नामबाट नागरिकता दे लालपुर्जा नभएकालाइ नागरिकता दे भन्ने नारा सहित धर्ना बसेका छन् ।










