राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विद्यामन्दिर माध्यमिक विद्यालयका विज्ञान संकायतर्फ कक्षा १२ का विद्यार्थीले धौलागिरि अंचलमै उत्कृष्ट नतिजा निकालेका छन् ।
जसअनुसार ३.६० देखि ४ जिपिए सम्म ४ जना, ३.२ देखि ३.६ जिपिएसम्म ५५ जना र २.८ देखि ३.२ सम्म ३० जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँ विश्वलाई बताउनु भयो । कक्षा १२ को परीक्षामा विद्यामन्दिर माध्यमिक विद्यालयबाट विज्ञान समूह तर्फ ८९ विद्यार्थीले परीक्षा दिएका थिए ।त्यसैगरी व्यवस्थापन, मानविकी र शिक्षा संकाय तर्फ ३७५ विद्यार्थीले परीक्षा दिएकोमा २८० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि माध्यमिक शिक्षामा परिणत भएको कक्षा ९ देखि कक्षा १२ सम्मलाई विश्वविद्यालय प्रवेशको आधारशिला मान्ने चलन छ विद्यामन्दिर मावि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि कक्षा ११ र १२ को विज्ञान विषय पढ्न विद्यार्थी अभिभावक दुवै विद्यामन्दिर मावि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनु भयो । किनभने गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको लगनशीलतासँगै राम्रो शैक्षिक संस्था पनि अपरिहार्य छ विद्यालयका प्रधानाध्यापक रेग्मीले बताउनु भयो ।
मेहनती शिक्षक, सृजनशिल विद्यार्थी र शैक्षिक वातावरण राम्रो भयो भने परीक्षाको नतिजामा पनि उल्लेख्य सुधार हुन्छ भन्ने कुरा अहिलेको नतिजा देखाएको प्रधानाध्यापक रेग्मीको भनाइ थियो ।
विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैघ र उहाँका समकालिन साथीहरुले बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा स्थापना गरेको घरेलु उद्योग विद्यामन्दिर माविमा विसं २०६१ सालमा विज्ञान संकाय सुरु भएको थियो ।
विद्यामन्दिर माविका व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष विदुर खड्का र पूर्वप्रधानाध्यापक ऋद्धिाराज अधिकारी, शिक्षासेवी र समाजसेवीहरुको पहलमा विज्ञान संकाय संचालनमा आएको थियो । जिल्ला प्रशासन कार्यालय बागलुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम नारायण शर्माले हरेका सिफारिसमा पचास रुपैयाँ विज्ञान संकाय सुरु गर्न सहयोग स्वरुप दिने व्यवस्था मिलाएका थिए ।









