बागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीक स्थलबाट सामान उठाएको उद्योग वाणिज्य संघको आरोप

-


     हिडन खबर    
     श्रावण १५ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले सडक पेटि खालि गर्ने नाममा व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गरेको भन्दै बागलुङ उद्योगा वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको छ । संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती प्रकाशित गरि समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुसल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् ।

अन्यथा यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी सहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प, कोभिड जस्ता प्रकोप तथा विपदले तहसनहस भएको निजि क्षेत्र सामान्य चलायमान हुन नपाउदै बर्तमान आवस्थामा आर्थिक मन्दिको प्रभावले पुनःथलिएको अवस्था रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याज, जरिवाना, हर्जना लगाएतका शुल्कले व्यवसाय संचालन गर्न नसक्ने गरी धरासायी अवस्थामा पुगेको वर्तमान कठिन परिस्थीतिमा बागलुङ नगरपालिकाले स्थानिय उद्यमी, व्यवसायी जसले नेपालकै परिवेशमा सवैभन्दा बढि व्यवसायीक करको दर नगरपालिकालाई बुझाएको अवगत गराइएको छ । उद्यमी व्यवसायी संग सहकार्य गरी दिगो रुपमा व्यापार व्यवसाय गरी आर्थिक रुपमा अर्थतन्त्रमा सकारात्मक योगदान दिने गरि वातावरण निर्माण गर्नुपर्नेमा उल्टै व्यवासायीहरुको कार्यक्षेत्र, पसलमा नगरपालिकाले आफ्ना कर्मचारी, गाडी लगाएतको शक्ति प्रदर्शन गरि व्यवसायीहरुको सामाजिक मान मर्यादामा आँच पु¥याउने, धम्काउने जस्ता अमानविय व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।