बागलुङको अछतेदेखि नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन हुँदै

-


     हिडन खबर    
     फागुन २० गते २०७८ मा प्रकाशित


सरकारले बागलुङको काठेखोला गाउँपालिकाको अछतेदेखि गलकोट नगरपालिका नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि ४० लाख बजेट विनियोजन गरी अध्ययन गर्ने तयारी गरिएको हो । सडक विभागले सुरुङमार्गको अध्ययन गर्ने काम अघि बढेको जनाएको छ ।चालू आर्थिक वर्ष २०७८।०७९ मा हेम्जा, नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बागलुङ अछते–नरेठाँटी, कुलेखानी–भिमफेदी, खुर्कोट–चियाबारी, मझिस्टार–शक्तिखोर, थानकोट–चित्लाङ , प्रवास जोर्तेको सुरुङमार्गको अध्ययको काम अघि बढेको सडक विभाग अन्गर्तको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।

केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसँगको भेटमा मन्त्री पौडेलले सुरुङ मार्गको अध्ययनका लागि योजना समावेश गर्न आग्रह गरेको मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले बताए ।

यस्तै मन्त्री पौडेलले बागलुङ ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्र बृहद पर्यटकीय परियोजना, ढोरपाटन नगरपालिकाको अर्नाकोट विमानस्थल योजना, बागलुङ उत्तरगंगा जलाशययुक्त बृहत परियोजना, बागलुङ काठेखोला, रंगनीदेखि चरौदी, हरिचौर, मल्म, पाण्डवखानी रणसिंहकिटेनी, भिमगिठे दर्लिङ, निसीखोला हुँदै प्युठान जोड्ने सडक कालोपत्रे परियोजनाल गायत १० योजना गौरबको योजनामा समावेश गर्न मन्त्रीले राष्ट्रिय योजना आयोगमा पठाएका थिए ।