Upload

-


     हिडन खबर    
     मंसिर १९ गते २०७९ मा प्रकाशित


सुकुम्बासी समस्या बारे नेकपा माआ‌ेवादी अध्यक्ष प्रचण्ड लाई ध्यानाकर्षण

राजेशचन्द्र राजभण्डारी
सुकुम्बासी समस्या समाधानका विषयमा काठमाडौं महानगरपालिकाले चालेको कदम बारे राष्ट्रिय भूमि आयोग लगायत सुकुम्बासी संग सराेकार राख्ने संस्थाले नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरअहिले भइरहेको समस्या बारे ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काकाे नेतृत्वमा माआ‌ेवादी निकट अखिल नेपाल सुकुम्बासी संघ ,नेपाली कांग्रेस निकट सुकुम्बासी संघ नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी बैध निकट सुकुम्बासी संघका प्रतिनिधिले माआ‌ेवादी अध्यक्ष दाहाललाई खुमलटारमा आइतबार बिहान ११ बजे भेटेर काठमाडौ महानगरले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा बसेका सुकुम्बासी हटाउन थालेकाे भन्दै भुमि आयोगले आफ्नो काम गरिरहेकाे भन्दै अहिले तत्काल नहटाउनकाे लागि पहल गरिदिन माग गरेकाे भुमि आयाेगका उपाध्यक्ष नहेन्द्र खड्काले बताए ।

भेटघाट पछि माआ‌ेवादी अध्यक्ष दाहालले अहिले भइरहेको सुकुम्बासी समस्या समाधान गर्ने बारे प्रधानमन्त्री गृहमन्त्री लगायतका सराेकारवाला संग छलफल गरेर समाधान निकाल्न पहल गर्ने बताएका थिए ।

काठमाडौं महानगरले गत सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो । सुकुम्बासी बस्ती हटाउन एक्स्काभेटरसहित महानगर र बागमती सभ्यता एकीकृत विकास समितिको टोलीले बस्तीमा पुगेपछि तनाव उत्पन्न भएको थियो । बस्ती हटाउन आएको टोलीविरुद्ध सुकुम्बासीले प्रतिकार गरेका थिए । सुकुम्बासीहरू सशस्त्र प्रतिकारमा उत्रेपछि महानगरपछि हटेको थियो । स्थिति तनावग्रस्त बन्दा प्रहरीसहित केही व्यक्ति घाइतेसमेत भएका थिए । हालसम्म पनि उक्त प्रकरण सेलाएको छैन ।