
सेप्टेम्बर १० तारिखमा विश्व आत्महत्या रोकथाम दिवस मनाइदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुको साटो झन बढेर गइरहेको छ । सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको यो दिवस अचेल विश्वभर मनाइने थालिएको छ ।बागलुङमा पनि यो दिवस आैपचारिक रूपमा मनाउन थालिएपनी आत्महत्या गर्ने क्रम झन् बढ्दै जान थालेको छ ।
आज बिश्व आत्महत्या रोकथाम दिवस मनाउँदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुको साटो झझ् बढेर गइरहेको देखिन्छ । बढ्दै गइरहेको आत्महत्या न्युनिकरण गर्ने उदेश्यले बागलुङमा जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै आएपनि आत्महत्या गर्ने क्रममा आउन सकेको छैन ।
विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । अहिले बढ्दै गइरहेको आत्महत्यालाई कम गर्न हरेक बर्ष अन्तर्राष्ट्रिय रूपमै कार्यक्रम गरेपनि यो मात्रै कर्मकाण्डे साबित हुदै गएको देखिन्छ ।
आत्महत्या बढ्दै जानुमा धेरै कारण देखिन्छन् जसमध्ये सामाजिक कारण वैदेशिक रोजगारमा परिवार बिदेशमा हुदाको पीडा लगायतका कारण रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले बताए ।
हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या दिवस रोकथाम दिवस मनाउदै गर्दा बागलुङ जिल्लामा भने वैदेशिक रोजगारमा गएको घर परिवारमा सामाजिक लान्छना लगायतका आरोपका कारणले पनि आत्महत्या गर्नेको संख्या बढेर गइरहेको सामाजिक मनो परामर्श कर्ता मधु पौडेलले बताए ।
मानसिक समस्या लागू पदार्थको सेवन पारिवारिक कलहका कारणले पनि आत्महत्याको दर बृद्वि भएको देखिन्छ । मानसिक समस्या भएका ब्यक्तिहरूलाइ अस्पतालमा आउनुपर्छ भन्ने ज्ञानको कमीले घटना बढेर गइरहेको धौलागिरि अस्पताल बागलुङका नसा तथा मानसिक रोग बिशेषज्ञ डाक्टर राजेन्द्र घिमिरेले बताए ।
विश्वमा प्रत्येक वर्ष ८ ( १० लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको देखिन्छ । पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम पाइन्छ।
पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी रहेको देखिन्छ । यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ। एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ।
नेपालमा आ।व २०७८र०७९ मा ६ हजार ८ सय ३० जना मानिसहरूले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको नेपाल प्रहरीको तथ्याङ्कमा देखिन्छ जुन दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । बागलुङ जिल्लाको हकमा आर्थिक बर्ष २०७८र०७९ मा ४४ जनाले आत्महत्या गरेको तथ्यांक बाट देखिन्छ ।
नेपालमा प्रत्येक दिन करिब १९ जनाले आत्महत्या गरेको देखिन्छ यो विश्वमै सातौं उच्च दर हुन गएको छ। २०७८र०७९ मा मात्र ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो ।
आधुनिक जीवन शैली बढ्दै गएको बेरोजगारी ,गरिबी ,आर्थिक बिपन्नता ,वैदेशिक रोजगार ,सामाजिक लान्छना मानसिक समस्या लगायतका कारणले पनि आत्महत्या गर्ने क्रम बढे गएको देखिन्छ यसलाई समाजमा रहेका सबैले सकारात्मक भुमिका खेलेर आत्महत्या गर्न बाट जोगाउने भुमिका खेल्न सकेको खण्डमा न्युनिकरण हुने देखिन्छ ।









