
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
चौतर्फी दबाबपछि सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको हो । सरकारले ९५ दिनको समय राखेर चुनावको मिति घोषणा गरेको छ ।
जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगसँग परामर्श गरेरै सरकारले वैशाख ३० गते चुनाव गर्ने गरी मिति घोषणा गरेको जानकारी आयोगलाई प्राप्त भएको पुष्टि गरे । मन्त्रिपरिषद्को बैठक भने जारी नै छ ।
जेठ ५ गते अहिलेका स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल सकिने भएकाले त्यसअगावै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको थियो ।









