बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

- नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण गरि सरकारलाई हानि पुर्याएको भन्दै मुद्दा दर्ता गरेको हो ।

-


     हिडन खबर    
     भाद्र १९ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उप-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई रु.१७ लाख भन्दा बढी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन बिगोदावी तथा कैद सजायको माग गरेको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी गराउनुभएको छ ।

जिल्ला बागलुङ, बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्दा कम कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बागलुङ जिल्ला, बागलुङ नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी नेपाल सरकारलाई रु.१७,४०,०६६।- हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

अरोपपत्र
आरोपपत्र