
राजेशचन्द्र राजभण्डारी
काठमाडौ
राजधानीमा जनघनत्व बढे संगै भएको सार्वजनिक जग्गा एकपछि अर्को अतिक्रमण गरि सार्वजनिक जग्गा सकिदै गइरहेको समयमा चन्द्रागिरि नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण गरि त्यसको सदुपयोग गरि सुविधासम्पन्न पार्क निर्माण गरेपछि यश क्षेत्रकाे मुहार समेत फेरिएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बन महालक्ष्मी जेष्ठ नागरिक पार्क निर्माण भएपछि पार्क यतिबेला सबैको राेजाइमा परेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उदेश्यले रमणीय पार्क निर्माण भएपछि यहाँ चहलपहल शुरू भएको छ ।
पार्क बनेपछि यश क्षेत्रका बासिन्दालाई धेरै सुविधा भएको बालबालिकालाई खेल्न भुल्न सजिलो भएको ब्याम गर्ने समेत ब्यबस्था भएको यश पार्ककाे संरक्षण गर्न समेत जरुरी भएको
स्थानीय गाेविन्द ढकालले बताए ।
पार्क धेरै रमणीय भएको कारणले आफुहरूलाइ आकर्षित गरेको मर्निङ वार्क देखि इभिनिङ वार्कमा आउदा समेत रमाइलो मनाेरम रहेको आन्तरिक पर्यटकको भनाइ छ ।
चन्द्रागिरि नगरपालिकाकाे बस्तीकाे नजिक बनेको पार्क धेरै आकर्षक भएको बिहान बेलुका घुम्न आउने सबैलाई यसले पार्कले आकर्षित गरेको स्थानीय इना श्रेष्ठले बताए ।
बन महालक्ष्मी मन्दिरकाे संरक्षण गर्दै ३ बर्ष अगाडि शुरू भएको पार्क यतिबेला सबैको राेजाइमा परेको नगरपालिकाले भएको सार्वजनिक जग्गाको समेत संरक्षण गरेको कारण यश पार्कमा घुम्न जेष्ठ नागरिक बालबालिका महिला लगायत सबै आउने गरेको स्थानीय जनप्रतिनिधि संजय सिग्देलले बताए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे ६५ लाख लगानीमा ३ बर्षमा सम्पन्न बन महालक्ष्मी जेष्ठ नागरिक पार्क सम्पन्न भएपछि
यश क्षेत्रमा चहलपहल समेत बढेको छ ।नेपालकाे प्रसिद्ध धार्मिक तिर्थस्थल माता तिर्थ जाने बाटो मै पार्क भएको कारणले पनि यो पार्ककाे महत्त्व झन बढ्ने देखिन्छ ।
पार्क भित्र संरक्षण गरि बनाइएको मन्दिर पार्कमा भुल्नका लागि ठाउँ ठाउँमा खेल्ने ब्याम गर्ने आनन्द संग बस्न बेच्नकाे समेत ब्यवस्था गरेको कारणले एकपटक पार्कमा घुम्न आउनेहरू पटकपटक आउने वातावरण भएको देखिन्छ ।स्थानीय वडाले पार्क प्रवेश निशुल्क गर्नुका साथै ठाउँ ठाउँबाट फाेहाेर राख्ने डस्बिन राख्नुका साथै यसको संरक्षण र सरसफाइ समेत गरेको कारणले पार्क सफा देखिन्छ ।












