बागलुङ ।अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले बैंकर्स बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ। कार्यक्रममा फूटवल संघ वागलुङ का अध्यक्ष जय राजभण्डारीले अहिलेको बैंकर्स हरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताए ।
कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्र को काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्ताे कार्यक्रमको आयोजना गरीएको वताए ।
कार्यक्रमको लक्ष्य एबम उदेश्यको बारेमा कार्यक्रमको संयोजक सुजित ज्ञवालीले प्रकाश पारेका थिए ।
प्रतियोगितामा बिभिन्न चार समुह का ४४ जना बैंकर्स खेलाडी हरूले मैत्रीपुर्ण प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता मा समूह बैंकर्स हेमन्त बाबु आचार्य ले नेतृत्व गरेकोे समुह (बि) ले प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगिता को उत्कृष्ट खेलाडी काे उपाधी समुह (बि) का सतिश के. सी. र उत्कृष्ट गोल कीपर को उपाधि पनि समुह (बि) का टंक प्रसाद शर्माले हात पार्न सफल भएको प्रतियोगिता को कार्यक्रम संयोजक सुजित ज्ञवालीले बताए ।प्रतियोगितामा बागलुङ का करिब १०० भन्दा बढि बैंकर्स कर्मचारीको उपस्थिति रहेको थियो।
प्रतियोगितात्मक उक्त कार्यक्रमको अध्यक्षता बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्मा र सञ्चालन सचिव प्रतिमा श्रेष्ठले गरेका थिए ।












