मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन निर्माण हुदै

-


     हिडन खबर    
     श्रावण १३ गते २०७९ मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

बागलुङ जिल्ला लाई सडक मानवरहित जिल्ला बनाउने अभियान अन्तर्ग ५ बर्ष अघि स्थापना भएको मानव सेवा आश्रमले छाेटाे अवधिमा सबै तह र तप्काकाे सहयोगमा सुविधासम्पन्न भवन निर्माण अभियान अगाडि सारेको छ ।काेही ब्यक्ति सडकमा भाैतारिएर सहारा बिहिन भएर बस्न नपराेस भन्ने उदेश्यले भवन निर्माण अगाडि बढेको छ ।

बागलुङ जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निर्णय घाटमा ५ राेपनी जग्गामा भवन निर्माण थालिएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्याइएको रु ५० लाख बजेटबाट भवनको काम शुरु गरिएको निर्माण कार्य
अगाडि बढेको भवन बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाकाे आर्थिक सहयोगमा थप तला निर्माणकार्य भएको मानव सेवा आश्रमका अभिभावक शिव खड्काले बताए ।

मानव सेवा आश्रमकाे हेटौंडा केन्द्रकाे भवन हेरेपछि बागलुङमा पनि सुविधासम्पन्न आश्रम बनाउनु पर्छ भन्ने अठाेट गरेर नगरपालिका मार्फत जग्गा र आर्थिक सहयोग लिएर अगाडि बढेको बागलुङ नगरपालिकाका निर्वतमान जनप्रतिनिधिहरूले बताए ।

मानव सेवा आश्रमकाे भवन निर्माण अभियान अन्तर्गत एक काेठा निर्माण गर्न एकजना ब्यक्ति संग ५ लाख ११ हजार १ सय ११ र संस्थाकाे हकमा ११ लाख ११ हजार १ सय ११ सहयोग गर्नेकाे नाम काेठामा लेख्ने अगाडि सारेपछि सहयोग दाता जुटिरहेको मानव सेवा आश्रमका निर्मल श्रेष्ठले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको आश्रमको भवन साँघुरो भएको कारणले धेरैलाई सेवा दिन नसकेको अब नयाँ भवन सम्पन्न भएको खण्डमा २०० जनालाई सेवा दिन सकिने
मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाले बताए ।

दुई सय जना अट्ने गरी भवनभित्रको संरचना बनाइने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु १२ करोडको बजेट अनुमान गरिएको छ । सङ्घ, प्रदेश सरकार र जिल्लाका स्थानीय तहमा बजेट माग गरिरहेको आश्रमले जनाएको छ ।

अहिले बागलुङ बजारस्थित युनिट लाइफ हस्पिटलकाे घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । ठाउँ अभावले गर्दा धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । आश्रमले सडकमा अलपत्र दीनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ । आश्रममा अहिले ५१ जनाले आश्रय लिइरहेका छन् ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरि सकेको छ । तीमध्ये कैयनको परिवारसँग पुनर्मिलन भइसकेको छ । आश्रमले अघिल्लो वर्ष बागलुङलाई सडक मानवरहित जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरे पनि कोरोनाका कारण लक्ष्य पछाडि धेकेलिएको छ ।

दुई वर्षअघि कालिका भगवती मन्दिर परिसरमा मागेर जीवन गुजारिरहेका सहयोगापेक्षीको उद्धारसँगै उक्त अभियान आरम्भ भएको थियो । मन्दिर परिसर भने ‘सहयोगापेक्षी सडक मानवमुक्त’ क्षेत्रका रुपमा घोषणा भइसकेको छ । ‘सडक मानवरहित बागलुङ’को लक्ष्यमा पुग्न आश्रमले स्थानीय तह, प्रशासन र