मानव सेवा आश्रमकाे भवन बनाउन ५ लाख सहयोग

-


     हिडन खबर    
     असार ३१ गते २०७९ मा प्रकाशित


बागलुङ ।मानव सेवा आश्रमकाे भवन बनाउने अभियान शुरूवात गरेपछि सहयोग गर्ने क्रम पनि बढेर गएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ निर्णयघाटमा निर्माण हुदै गरेको भवन निर्माणमा आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा एउटा काेठा निर्माणकाे लागि सहयोग गर्ने प्रतिबद्धता एक कार्यक्रम बिच गरियो ।

मानव सेवा आश्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का समाजसेवी सुश्री चइनादेवी श्रेष्ठ र श्री प्रकास ,चन्द्र बिन्दु , इन्दु प्रकास, बिरेन्द्र प्रकास स्वयम प्रकास ,मधुकर हिमालय प्रकाश श्रेष्ठले आफ्नो स्वर्गीय मातापिता श्रीप्रसाद श्रेष्ठ र मानकुमारी श्रेष्ठकाे स्मृतिमा आश्रमको लागि एउटा काेठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा सहयोग दाता चइना देबी श्रेष्ठ ,समाजसेवी कृष्णबहादुर श्रेष्ठ ,एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी लगायतका बक्ताहरूले मानवीय क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रम संचालन गर्ने जिम्मेवारी सरकार र स्थानीय तहको भएपनि ती निकाय जिम्मेवार बन्न नसकेको बेला स्थानीय स्तरमा संचालन हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
मानवसेवा आश्रमकाे आफ्नो भवन बनाउने अभियान सकारात्मक अभियान भएको हुदा यसलाई सबैको सहयोग र समर्थन जरुरी रहेको धारणा राखेका थिए । कार्यक्रम मानवसेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठको संचालनमा सम्पन्न भएको थियोे ।

बिशुद्व रूपमा नेपालीहरूकाे मात्रै सहयोग संचालन भइरहेको बागलुङ सदरमुकाममा संचालित मानवसेवा आश्रममा अपांग ,जेष्ठ नागरिक ,महिला ,मानसिकता सन्तुलन ठिक नभएका बालबालिका गरि ५० जनाले आश्रय लिइरहेका छन् ।