फेन्सी ब्यवसायी संघकाे १५ आ‌ै स्थापना दिवसमा मानव सेवालाई सहयोग ,

-


     हिडन खबर    
     असार २८ गते २०७९ मा प्रकाशित


बागलुङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई कपडा तथा फेन्सी ब्यबसायी संघकाे १५ आ‌‌ै स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि स्वागत गरेको छ ।

असार ६ गते भएको १८ आ‌ै अधिवेशन बाट निर्वाचित भएका उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल लगायत संघका नवनिर्वाचित सदस्यहरूलाइ अविर र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमका संयाेजक विपना तामाङलाई मानवीय क्षेत्रमा उल्लेखनीय काम गरेको भनी प्रसंसापत्र प्रदान गरेर सम्मान गरेको थियोे ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल, मानव सेवा आश्रमका संयाेजक बिपना तामाङ , कपडा तथा फेन्सी ब्यवसायी संघका संस्थापक अध्यक्ष हरि सुवेदी एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,लगायतका बक्ताहरूले ब्यबसायीहरूले पैसामात्र कमाउने काम नगरि समाजमा रहेका दिन दुखीलाई सहयोग गर्दै आएको छ जुन सकारात्मक पक्ष भएको हुदा यसलाई निरन्तरता दिन जरुरी भएको धारणा राखेका थिए ।अहिले गाउँ गाउँमा ब्यबसायकाे नाममा पाेके झाेले ब्यापारी प्रवेश गरेर जथाभावी रूपमा बजार बिगार्ने काम भइरहेको हुदा यश तर्फ स्थानीय तह प्रहरी प्रशासन उद्योग बाणिज्य संघकाे भुमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

कपडा तथा फेन्सी ब्यबसायी संघले आफ्नो १५ आ‌‌ै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाइ खाध्यान्न दाल चिनी नुन ,चिया ,लगायतका सामग्री आश्रमका संयाेजक विपना तामाङलाई हस्तान्तरण गरेका थिए ।

स्वागत कपडा तथा फेन्सी ब्यबसायी संघकाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष डिवि कार्की ,र सचिव प्रेमलाल गाैतम संचालनमा सम्पन्न भएको थियो ।