२ डिपार्टमेन्टल स्टोरमा अनुगमन: म्याद गुज्रिएका वस्तु नष्ट

- शिव शिखर बहुउद्देश्यीय सहकारी द्वारा सञ्चालित गार्डनमार्ट डिपार्टमेन्टल स्टोर र गोल्डेनगेट सपिङ्ग सेन्टरमा अनुगमन गरिएको हो ।

-


     राम प्रसाद घिमिरे     
     असार २७ गते २०७९ मा प्रकाशित


बागलुङ बजारमा अनुगमन गरिएको छ ।

बजारमा २ भटा ठुला डिपार्टमेन्ट स्टोरमा दैनिकी उपभोग्य वस्तुहरुको कृतिम अभाव हुनबाट रोक्न र म्याद नागेका बस्तुहरुको बिक्रीवितरण रोक्नकालागी बजार अनुगमन गरिएको हो ।

शिव शिखर बहुउद्देश्यीय सहकारी द्वारा सञ्चालित गार्डनमार्ट डिपार्टमेन्टल स्टोर र गोल्डेनगेट सपिङ्ग सेन्टरमा अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, सञ्चारकर्मी लगायतको उपस्थिति अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा गार्डनमार्ट डिपार्टमेन्ट स्टोरमा आधा दर्जन दैनिक उपभोग्य वस्तु म्याद गुज्रिएका भेटिएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

गार्डनमार्ट स्टोरमा प्याकेज गरिएको चामलको पिठो, बिस्कुट, गाइको घिउ, पापड, बच्चाले खाने स्यार्लेस् लगायत म्याद गुज्रिएको भेटिएको अनुगमनको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

म्याद गुज्रिएका सामाग्रीलाई नस्ट गरिएको र आगामी दिनमा यस्तो भेटिए माथिल्लो कारबाही गरिने भन्दै सम्झाइबुझाइ छोडिएको उपभोक्ता मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गोल्डेन गेटमा पनि प्याकिङ गरिएको कोदाको पिठोमा लेवलिङ नगरि बेचिएको भेटिएपछि सुधारका लागि एकपटकलाई सम्झाइएको पौडेलको भनाइ रहेको छ ।

उपभोक्ताले उपभोग गर्ने दैनिक उपभोग्य बस्तुको नियम संगत बिक्रीवितरण गर्न विक्रेतालाई जिम्मेवार र उपभोक्तालाई सचेत गराउन सचेतना मुलक कार्यक्रम सञ्चालनमा जोड दिन सकेमा यस्ता समस्या न्यूनीकरण हुन देखिन्छ ।