कृषि हाटबजार भवन प्रयोगबिहिन

-


     हिडन खबर    
     असार २३ गते २०७९ मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

बागलुङ – स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले ठूलो तामझामका साथ संचालित बागलुङ बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ/

बागलुङ नगर क्षेत्रका आम उपभोक्ता लाई सहजरूपमा ताजा तरकारी उपलब्ध गराउने उदेश्यका साथ बागलुङ नगरपालिका,कृषि ज्ञान केन्द्र ,बागलुङ उद्योग बाणिज्य संघको सहयोग तथा सहजीकरणमा बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा निर्माण गरिएको कृषि हाट तथा थाेक बजार प्रयोग बिहिन हुन पुगेको छ ।

कृषि हाट तथा थोक बजार व्यवस्थापन समितीकाे संचालन हाट बजार चलाउने जिम्मेवारी लिएपनि पनि हटिया लाग्न नसक्दा लाखौं खर्चिएर निर्माण गरिएको कृषि हाटबजार स्थलको भवन प्रयोगबिहिन भएको अगुवा कृषक माेतीलाल सापकोटाले बताए ।

बागलुङ बजारको भित्री सडकमा हरेक शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्वसाधारणको लागि हाट बजार
र आइतबार देखि शनिबार सम्म बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म थाेक बजार संचालन गर्ने भनिए पनि एक महिना भन्दा बढी बजार चल्न नसके पछि बन्द रहेको छ ।

पाँच सटर भएको भवन, दुई वटा ट्रष्ट, तरकारी पसल गर्ने भवन प्रयोग र सरसफाई अभावमा निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै वर्षौ पुराना जस्ता देखिएका छन्। यतिबेला भवन वरिपरि घाँस उम्रिएपछि जंगलमा परिणत भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

बागलुङ नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी, फलफुल र अन्य कृषि उत्पादन समितिले खरीद विक्री गर्ने र किसान हाट बजार स्थलमा ल्याएर बिक्री गर्न सहज होस् भन्ने उदेश्यले उक्त भवन निर्माण गरिएको तर कामको जिम्मेवारी लिएको जिल्ला कृषि सहकारी संघले पूरा नगर्दा बन्द हुन पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

अहिले पनि कृषकहरुले पनि त्यस स्थानमा नलगी बागलुङ बजारकाे पसल पसलमा लगेर बिक्री गर्ने गरेका छन् ।
कृषि उपजको बजार र खपतको अध्ययन नै नगरी हाट बजार लगाउन भवन बनाउदा ठूलो धनराशी प्रयोग विहिन भएको छ। बागलुङ नगरपालिका १५ लाख रुपैंयाको लागतमा तीन वर्ष अघि नै निर्माण सम्पन्न भएका भवन र ट्रष्ट अहिलेसम्म सञ्चालनमा आउन नसक्दा प्रयोगविहिन बनेको भन्दै स्थानीयले चासो समेत राखेका छन्।अहिले पनि बागलुङ नगरपालिकाले मासिक रूपमा १५ हजार जग्गाको भाडा तिर्दै आएको छ ।