माेटर साइकल र स्कुटीकाे लाइसेन्स लिने लाई ट्राफिक कक्षा

-


     हिडन खबर    
     असार १८ गते २०७९ मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

बढ्दै गएको शहरीकरण र गाउँ गाउँमा सडक संजाल पुगेपछि सवारीसाधन चलाइ लाइसेन्स लिने युवाहरूकाे संख्या बढेपछि
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी दुर्घटना बाट सुरक्षीत भएर बच्नका लागि ट्राफिक कक्षा लिन शुरूवात गरेको छ ।

गाउँ गाउँमा सडक संजाल बिस्तार भए संग‌ै बागलुङ सदरमुकाममा रहेको यातायात ब्यबस्था कार्यालय बागलुङमा
सवारीसाधनकाे लाइसेन्स लिनेकाे संख्या ह्वात्तै बढेर गएको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा
माेटर साईकल ,स्कुटीकाे लिखित परिक्षा दिनुभन्दा अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बढ्डाे सवारी दुर्घटना बाट सुरक्षीत भएर कसरी सवारीसाधन चलाउने भन्ने बारे जनचेतना सवारीसाधन चलाउने चालकलाई दिने अभियान शुरू गरेको
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

लाइसेन्सकाे लागि परीक्षा पुर्व के कसरी सवारीसाधन चलाउने हाे भने गन्तव्यमा पुग्न सकिन्छ भन्ने ट्राफिक जनचेतना कार्यक्रम
प्रभावकारी भएको यस्ता खालको कार्यक्रमले अहिले बढ्दै गएको सवारी दुर्घटनामा कमी आउने म्याग्दी धाैलागिरि गाउँ पालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्रीले बताए ।

यातायात ब्यबस्था कार्यालय बागलुङमा सवारी लाइसेन्सकाे लागि लिखित परीक्षा दिन आवेदन दिएका ब्यक्तिहरूलाई कार्यालयमा परीक्षा लिने ठाउँको अभाव भएपछि दुई ,तीन पटक गरेर लिने गरेको कार्याल प्रमुख पारसिङ थापा मगरले बताए ।

सेवाग्राहीकाे निकै चाप हुने यातायात कार्यालय साँघुरो हुदा कार्यालय ब्यबस्थापन मै सकस भएको देखिन्छ भने सवारीसाधन चलाउन लाइसेन्सकाे परीक्षा लिने ठाउँ समेत अस्त ब्यस्त हुदा लिखित परीक्षामा सहभागीहरूले राम्रोसँग परीक्षा दिन पाएकाे देखिदैन ।

ट्राफिक प्रहरीको काम सवारीसाधन राेकेर जरिवाना काट्ने मात्रै हैन सवारी चालक अनुमति लिनु अगाडि नै सवारी दुर्घटना बाट के कसरी सुरक्षीत भएर सवारीसाधन चलाउने भन्ने सन्देश धेरै प्रभावकारी भएको हुदा यस्तो कार्यक्रम लाई निरन्तरता दिन आवश्यक देखिन्छ ।