१५ दिने कुसन बनाउने तालिम सुरु

-


     हिडन खबर    
     असार ६ गते २०७९ मा प्रकाशित


‘सीप सिकाैं उद्यमी बनाैं सफल भबिस्य सुनिश्चित गराैँ’ भन्ने नाराका साथ कुसन बनाउने १५ दिने तालिम बागलुङमा शुरू भएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकाे आयोजना र बागलुङ नगरपालिका वडा नम्बर २ काे सहयोगमा तालिम आइतबारदेखि शुरु भएको हो । बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का द्वारा उद्घाटन भएको तालिममा लाई उद्यमी बनाउनकाे लागि महिलाको हातहातमा सीप सिकाउन सकेको खण्डमा थाेरै भएपनि आत्मनिर्भर बनाउन सकिने धारणा राखेका थिए ।

बागलुङ उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष नरेश कँडेलले अहिले भइरहेको तालिमले महिलालाई सीप सिकाउनुका साथै सिकेको सीपबाट महिला उद्यमी बन्न प्रेरणा दिने धारणा राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य बिदेश कुमार श्रेष्ठ ,महिला हित सहकारी संस्थाका अध्यक्ष लिला देवी खड्का ,सृजन शिल नारी समाजका अध्यक्ष शान्ति ज्ञावली ,लगायतका बक्ताहरूले महिला दिदीबहिनीहरू आत्मनिर्भर बन्न सीप मुलक तालिम लाभदायक हुने तालिम लाई ब्यवहारमा लागू गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसी स्वागत अध्यक्षतामा भएको कार्यक्रम सचिव जुनु श्रेष्ठकाे संचालनमा सम्पन्न भएको थियोे ।