बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत: अध्यक्षमा कँडेल

- सुरुबाटेै पेचिलो प्रतिस्पर्धा सहित चुनावी सरगर्मी बढेको संघमा मतदानको अन्तिम समयमा आएर कँडेलको नेतृत्व सर्वसम्मत गरिएको वार्ता टोलिका सदस्य समेत रहेका बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

-


     राम प्रसाद घिमिरे     
     असार ४ गते २०७९ मा प्रकाशित


२ हप्ता अगाडि देखि ठुलो रस्साकस्सी बिच निर्वाचनमा होमिएको बागलुङ उद्योग वाणिज्य संघको नेतृत्व चयन अन्ततः सर्वसम्मत भएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि असार ४ गते शनिबार मतदान हुने निश्चित भएपनि मतदान सुरुहुनु केही घण्टा अगाडि नरेश कँडेलको नेतृत्व सर्वसम्मत भएको हो ।

१९ निर्वाचित पदाधिकारी रहने संघमा २ महिला सदस्य र १४ खुल्ला सदस्य सर्वसम्मत चयन भएका थिय भने २ उद्योग सदस्य र १ अध्यक्षमा ५ जनाको उम्मेदवारी परेपछि चुनावमा जाने निश्चित भएको थियो ।

संघको नेतृत्वकालागि २ कार्यकाल केन्द्रीय सदस्य बनेका निर्माण कुमार श्रेष्ठ र निवर्तमान महासचिव नरेश कँडेल र उद्योग तर्फ २ पदका लागि निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्य गरि ३ जनाको उम्मेदवारी परेपछि चुनाव हुने भएको थियो ।

बागलुङ बजारको बालमन्दिर आधारभूत बिद्यालयमा शनिबार बिहान ८ बजेदेखि मतदान सुरुहुने समय तालिका अनुसार सम्पुर्ण तयारी भइरहँदा यता भने नरेश कँडेललाई अध्यक्षमा सर्वसम्मत गरिएको हो ।

१८ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य

त्यस्तै ३ जनाको उम्मेदवारी परेको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम सर्वसम्मत गरिएको वार्ता टोलिका एक सदस्यले हिडन खबरलाई बताए ।

नेतृत्वका लागि दाबी गरिएका दुबैजना नेपाली काङ्ग्रेसका नेताहरु हुन । नेपाली काङ्ग्रेसको वर्चस्व रहेको बागलुङ उद्योग वाणिज्य संघमा एकै पार्टी बिच प्रतिस्पर्धा हुने भएको थियो ।
अध्यक्षका लागि सुरुमा ४ जनाको उम्मेदवारी परेकोमा शशिकपुर श्रेष्ठ र राजन कुमार शाक्यले नरेश कँडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिय ।

नेपाली काङ्ग्रेस बाहेक छ दलिय गठवन्धनको समर्थन भने श्रेष्ठलाई रहेको भन्दै विज्ञप्ति समेत निकालिइएको थियो ।

६ दलीय गठवन्धनको विज्ञप्ति

अध्यक्षका प्रत्यासी दुवैजना नेपाली काङ्ग्रेसका भएपनि पार्टीको समर्थन भने कसलाई हो भन्ने खुलेकाे थिएन यद्यपि पार्टीका नेताहरु आन्तरिक रुपमा आफुखुसी समर्थनमा उत्रिएका थिए ।

सुरुबाट पेचिलो प्रतिस्पर्धा सहित चुनावी सर्गर्मी बढेको संघमा मतदानको अन्तिम समयमा आएर सर्वसम्मत हुनुले असल अभ्यास नबसेको व्यावसायीले गुनासो गरेका छन् ।