बागलुङ उद्योग बाणिज्य संघको अधिवेशन असारमा

-


     हिडन खबर    
     जेठ १९ गते २०७९ मा प्रकाशित


बागलुङ उद्योग बाणिज्य संघको १८ आ‌‌ै अधिवेशन असार ४ गते सम्पन्न गर्ने निर्णय संगै नयाँ नेतृत्वको लागि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन अधिकृत एवम् बागलुङ उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार भुमिस्वर गाैतमले असार ४ गते हुने अधिवेशनकाे लागि जेठ २७ गते देखि शुरू भएको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ २८ गते मतदाता नामवली प्रकाशन विहान १० बजे ,मतदाता नामावली उपर दाबी बिराेध १० बजे देखि १ बजेसम्म गर्न पाउने भएका छन् ।

मतदाताको अन्तिम नामावली २८ गते ४ बजे प्रकाशित गर्ने ,संघको नयाँ नेतृत्वको लागि उमेदवारी दर्ता जेठ २९ गते १० बजेदेखि १ बजेसम्म गर्न पाउने ब्यवस्था भएको बागलुङ उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार भुमिश्वर गाैतमले बताए । उमेदवारकाे नाम प्रकाशन २ बजे गर्ने र उमेदवार उपर दाबी बिराेध ४ बजे गर्न पाउने छन् ।

उमेदवार उपर दाबी बिराेध पश्चात् जेठ ३० गते विहान १० बजे अन्तिम नामावली प्रकाशन गर्ने उमेदवारले आफ्नो उमेदवारी फिर्ता ४ बजेसम्म गर्न पाउने भएकाछन् ।निर्वाचन समितिले उमेदवारकाे अन्तिम नामावली प्रकाशन जेठ ३१ गते प्रकाशित गरेपछि ४ गते विहान ८ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

२०२० सालमा स्थापना भएको संघमा १३१३ जना साधारण सदस्य १७७ जना आजीवन सदस्य गरि १४९० जना सदस्य मतदाता रहेका संघमा नयाँ नेतृत्व लिनकाे लागि यतिबेला ब्यवसायी राजनीति भेटघाट गरेर आफ्नो दाबी पेश गर्दै
डा‌ैडधुपमा लागेका छन् ।