अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

-


     हिडन खबर    
     जेठ १५ गते २०७९ मा प्रकाशित


सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ ।

आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन अनलाइन मिडियालाई पनि दिइने घोषणा गरेका हुन् ।

अहिलेसम्म पत्रपत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो ।