मध्यपहाडी लोकमार्गलाई ९ अर्ब ३३ करोड बजेट

- २३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको हो

-


     हिडन खबर    
     जेठ १५ गते २०७९ मा प्रकाशित


सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० का लागी ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ ।
सरकारले आगामी वर्षका लागि २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनर्दन शर्माले मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए ।