
बागलुङ ।नेपाल प्रेस युनियनकाे ३१ आै स्थापना दिवसकाे अवसरमा स्थानीय सरकार र पत्रकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बक्ताहरूले स्थानीय सरकार र पत्रकारको भुमिका समन्वयकारी भएको खण्डमा मात्रै स्थानीय सरकारले खाेजेकाे लक्ष्य पूरा हुने धारणा राखेका थिए ।अहिले सबैको आशाको केन्द्र भनेको स्थानीय सरकार ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा
लाई वास्तविक रूपमा सरकार भएको अनुभुती दिलाउने भुमिका संचार माध्यमले खेल्नुपर्ने त्यसको लागि स्थानीय तहको भुमिका पनि त्यहीँ अनुपातमा हुनुपर्ने धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,वडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी ,तमानखाेला गाउँपालिकाका अध्यक्ष जाेकलाल बुढा ,निसीखाेला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ती ,जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा लगायतका जनप्रतिनिधिले स्थानीय तहले संचार संग समन्वय गरेर जाने सबैको साथ र समर्थन भएको खण्डमा स्थानीय तहमा राम्रो काम गर्न सकिने धारणा राखेका थिए ।
प्रगतिशील पत्रकार संघ बिजय राना ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मुकेश चन्द्र राजभण्डारी ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवीन शिशिर बिक ,प्रेस चाैतारीका काेषाध्यक्ष सुवास गाैतम ,प्रेस सेन्टरका सचिव अनिस खाती ,लगायतका बक्ताहरूले धारणा राखेका थिए ।
नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र अवधारणा उपाध्यक्ष संगम घर्ती कार्यक्रम सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियोे ।









