
बागलुङ ।मानव सेवा आश्रम बागलुङले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
आश्रममा आयाेजित स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख
राजु खड्का ,लगायत वडा अध्यक्ष ,वडा सदस्यहरूलाई खादा लगाएर आश्रमका अभिभावकहरूले स्वागत गरेका थिए ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मानव सेवा आश्रमको लागि आफ्नो तर्फबाट सक्दाे सहयोग र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
बागलुङ नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको आश्रममा जेष्ठ नागरिक ,महिला, अपांग,बालबालिका ,मानसिक सन्तुलन ठिक नभएका ५० जनाले आश्रय लिएर बसिरहेका छन् । बिशुद्व रूपमा नेपाली दाजुभाइ दिदीबहिनीकाे सहयोगमा आश्रम संचालन हुदै आइरहेको छ ।
कार्यक्रममा स्वागत आश्रमका अभिभावक शिव केसी ,संचालन अभिभावक निर्मल श्रेष्ठ र सरिता गाैतमले गरेका थिए ।












