बैंकर्स बागलुङमा नयाँ नेतृत्व चयन

-


     हिडन खबर    
     जेठ १२ गते २०७९ मा प्रकाशित


बागलुङ । बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था हरूको छाता संगठन बैंकर्स बागलुङ बैठकले बैंकर्स बागलुङमा नयाँ नेतृत्व चयन गरेको छ ।

शाखा प्रबन्धक हरूको भेलाले ग्लोबल आईएमी बैंकका शाखा प्रवन्धक हेमराज शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।भेलाले उपाध्यक्ष मा नेपाल बङ्गलादेश बैंक का विकाश पौडेल, सचिबमा एनसीसी बैंकका प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा बैंक अफ काठमाडौँका टंक प्रसाद शर्मा चयन भएका छन्।

कार्यसमितिको सदस्य हरूमा नेपाल बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक अमृत सेवा, एभरेष्ट बैंक बागलुङका शाखा प्रबन्धक सुजीत ज्ञवाली , प्रभु बैंक बागलुङका शाखा प्रबन्धक हेमन्त आचार्य, सनराइज बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन पौडेल र ग्रीन डेभलपमेन्ट बैंक बागलुङका शाखा प्रबन्धक हरि अधिकारी चयन भएका छन्।

भेलाले नव आगन्तुक शाखा प्रबन्धकहरूको स्वागत तथा सरूवा भएका शाखा प्रबन्धकहरूलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यसमितिको बैठकले बैंकर्स बागलुङ का पूर्व अध्यक्ष दीपक शर्मा र पूर्व उपाध्यक्ष सुदिप राजभण्डारी लाई बैंकर्स बागलुङ काे सल्लाहलाइमा मनोनयन गरेको अध्यक्ष हेमराज शर्माले बताए । बैंकर्स बागलुङले विभिन्न सामाजिक एबं परोपकारी क्षेत्रमा समय समयमा सहयोग गर्दै आएको आगामी दिनमा समेत त्यो कार्य जारी रहने शर्मा बताए ।