
काठमाडौं, उपमा संचार –चौथो संस्करणको मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को फाइनल प्रतिस्पर्धा, विजेता घोषणा, पुरस्कार वितरण तथा श्रेष्ठ स्रष्टा सम्मान कार्यक्रम यही २०८२ साल असार २७ गते शुक्रबार राजधानी काठमाडौंमा आयोजना हुने भएको छ।
कार्यक्रम काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ। राष्ट्रिय स्तरको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट प्रतिभाहरूलाई अवार्ड प्रदान गरिनेछ भने योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गरिने आयोजकको भनाइ छ।
कार्यक्रमको संयोजन रामकृष्ण पाण्डे (अमन एकल) ले गरेका छन्।आयोजकका अनुसार कार्यक्रम भव्य र गरिमामय ढंगले सम्पन्न गर्न तयारीहरू तीव्र गतिमा भइरहेको छ।












