कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

-


     राजेशचन्द्र राजभण्डारी    
     असार ३ गते २०८२ मा प्रकाशित



🗓 बागलुङ, असार ३

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङस्थित कालीका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जेठ महिनाको आम्दानी–खर्च विवरण सार्वजनिक गरेको छ। समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको गुठी बैठकले आर्थिक विवरण सार्वजनिक गरेको हो।

गुठीका अनुसार जेठ महिनामा कालीका भगवती मन्दिरले कुल २८ लाख ८७ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये भक्तजनहरूले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३० रुपैयाँ, चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको बिक्रीबाट ७७ हजार ७ सय ५०, कुखुराबाट ४ हजार ९ सय ५०, भाडामा दिइएका सटरबाट ३ लाख ९ हजार ५ सय ४०, विवाह कार्यबाट ५ हजार, आर्थिक सहयोगमार्फत १ लाख २५ हजार ८ सय ७, परेवा बिक्रीबाट ५ लाख ५० हजार ७ सय ५०, पण्डित सेवा शुल्कबाट १४ हजार ६ सय र राँगाबाट २ हजार २ सय रुपैयाँ आम्दानी भएको गुठीले जनाएको छ।

यस अवधिमा मन्दिर व्यवस्थापनले कुल १५ लाख ८१ हजार ८ सय ५० रुपैयाँ खर्च गरेको छ।
खर्च विवरण अनुसार:

कर्मचारी तलब: ३ लाख ९० हजार

विद्युत खर्च: ३१ हजार २ सय

अतिथि सत्कार: १ लाख २६ हजार ५ सय

आर्थिक सहयोग: ३० हजार

पूर्वाधार विकास तथा निर्माण: ५ लाख २५ हजार

पूजाका लागि खर्च: ३६ हजार

पोशाक : ५० हजार

खाद्यान्न तथा आवास: ७७ हजार ९ सय

यातायात तथा भ्रमण खर्च: ७५ हजार

इन्धन खर्च: २६ हजार ७ सय

विज्ञापन: ३ हजार

चैत्राष्टमी मेला खर्च: २ लाख रुपैयाँ भएको कोषाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

गुठीले उल्लेख गरेअनुसार, जेठ महिनामा कुल आम्दानी र खर्चको आधारमा १३ लाख ५ हजार ३ सय २७ रुपैयाँ जगेडा रहेको छ।