
बागलुङ, असार —२
महिला दिदीबहिनीहरूलाई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने उद्देश्यले बागलुङ सदरमुकाममा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै सिकेका सीपहरू दैनिक जीवनमा उपयोग गर्न सक्ने बनाउने लक्ष्य सेन्टरको रहेको छ।
सीप सिकेर घरमै बस्नु भन्दा आफूले सिकेको सीप ब्यवहारमा लागू गर्नु पर्ने महिला दिदीबहिनीहरू आफ्नो खुट्टामा उभिनु पर्ने महिला उद्यमी चन्द्रकला लामाले बताए ।
कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त श्रेष्ठले गर्दै महिला दिदीबहिनीहरूलाइ स्वराेजगार बनाउन बागलुङमा संचालित ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टरले राम्रो काम गरेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष सुरज बाेसेलले लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सेन्टर स्थापना भएपछि केही महिला दिदीबहिनीहरूले तालिम लिएपछि त्यहीँ रोजगारी पनि पाएका छन्। उनीहरूले प्राप्त सीपमार्फत आफ्नै समुदायमा सानोतिनो आयआर्जन गर्न थालेको सेन्टरका सञ्चालकहरूको भनाइ छ।
१ करोड २५ लाख लगानी गरेर शुरूवात गरेको आईटिसी इनाेभेटिभ ट्रेनिङ सेन्टरमा अहिले ५ जना महिला दिदीबहिनीले प्रत्येक्ष रूपमा राेजगारी समेत पाएका छन् ।
स्थानीय तहमा महिला सशक्तिकरण र सीपमूलक तालिमको पहुँच विस्तारमा यस सेन्टरले उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ। अहिले महिला दिदीबहिनीहरू समेत वैदेशिक राेजगारकाे लागि बिदेश जाने लहर चलिरहेको बेला यस्तो स्वराेजगार मुलुक तालिम प्रभावकारी हुने देखिन्छ ।
आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टरले उद्घाटनकाे अवसरमा
महिला दिदीबहिनीहरूलाइ बेसिक ट्रेनिङमा ५० प्रतिशत छुट दिएर सहभागी बनाएको छ ।
















