
काठमाडौं, जेठ ५ — लोकदोहोरी संगीतको क्षेत्रमा सक्रिय गायिका आसा बिसी र गायक एम. टी. महरको नयाँ गीत “साईलि के गर्छ कर्मले” सार्वजनिक भएको छ। प्रेम, पीडा र कर्मको कथालाई समेटिएको यो गीत पछिल्लो पुस्ताको युवा प्रेम जीवनलाई प्रतिनिधित्व गर्ने प्रयास गरिएको छ।
गीतमा शब्द आसा बिसीको रहेको छ भने संगीत गायक महरकै हो। दुवैले यस गीतमा स्वर दिएका छन्। मौलिकता झल्किने पहिरन र ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आसा बिसी, एम. टी. महर र कुल बी. ओलीको अभिनय देख्न सकिन्छ।
गीतको निर्देशन प्रकाश कंडेलले गरेका छन् भने छायांकन प्रकाश खड्काले र सम्पादन निराजन केसीले गरेका हुन्। भिडियोलाई एम. टी. महर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतले मायाले जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावको कथालाई लोक शैलीमा प्रस्तुत गरेको छ, जसले श्रोताको मन जित्ने विश्वास गरिएको छ।












