गण्डकी कोटिहोम महायज्ञले नयाँ इतिहास रच्नेछ : माननीय विन्दु पौडेल

-


     हिडन खबर    
     वैशाख ८ गते २०८२ मा प्रकाशित


पोखरा, बिरौटा – पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ ले नेपालको धार्मिक क्षेत्रमा नयाँ इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेशकी माननीय मन्त्री विन्दु पौडेलले बताएकी छन्।

सोमबार महायज्ञमा प्रमुख अतिथिका रूपमा सहभागी माननीय पौडेलले लामो समयपछि देशमा यति व्यवस्थित र भव्य धार्मिक कार्यक्रम सञ्चालनमा आएको बताउँदै भनिन्, “नेपालमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने साहस कसैले देखाएका थिएनन्। यस्तो विराट् आयोजना पोखरामा सम्पन्न हुनु गौरवको विषय हो।”

उनले थपेकी छन्, “यस महायज्ञले नेपालको धार्मिक, सांस्कृतिक क्षेत्रलाई बलियो बनाउने मात्र होइन, पोखराको गरिमा अझ उच्च बनाउनेछ। गण्डकी कोटिहोम महायज्ञ नेपालको धार्मिक इतिहासमा विशेष योगदान दिनेछ भन्नेमा म विश्वस्त छु।”

कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो भने महायज्ञमा देशभरबाट भक्तजनको उल्लेखनीय सहभागिता देखिएको छ।