१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

-


     हिडन खबर    
     चैत्र २८ गते २०८१ मा प्रकाशित


कास्की ,बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।  आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ ।
कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु  बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन ।

पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ /

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।