
बागलुङ चैत्र १७
बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य बिजयी भएका छन् । संघको १९ औं अधिवेशन अन्तर्गत भएको मतदानमा प्रतिद्धन्दी उमाकान्त शर्मालाइ १२५ मतान्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित भएका हुन ।
शाक्यले ६४४ मत पाएभने शर्माले मत ५१९ पाए ।
उनीहरु दुवैजना नेपाली कांग्रेस निकट उमेद्वार थिए । शाक्यलाई राष्ट्रिय जनमोर्चा, माओबादी केन्द्र, समाजबादी लागयतका दलनिकट व्यवसायीले सघाएका थिएभने शर्मालाई एमाले निकट व्यवसायीको साथ थियो ।
आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला सदस्यमा सबैभन्दा धेरै मत निवर्तमान महासचिव ऋषिराम गौतमले पाएका छन् ।
जम्मा खसेको मत १ हजार १ सय ७६ मध्ये गौतमले ८ सय २२ मत पाए । राजन कुमार शाक्य नेतृत्वको प्यानलबाट चुनावमा होमिएका गौतमले लोकप्रिय मत पाएका हुन् । दोस्रो धेरै मत दिपक हमालले पाए । उनले ६ सय ९८ मत पाउनुभयो । हमाल उमाकान्त शर्माको प्यानलका उमेद्वार थिए । १३ जना खुल्ला सदस्यका लागि चुनावमा ७ जना राजनकुमार शाक्यको प्यानलबाट र ६ जना उमाकान्त शर्माको प्यानलबाट बिजयी भएका छन् । शाक्यको प्यानलबाट बिजयी हुनेमा ऋषिराम गौतम, अर्जुन प्रसाद कँडेल, चन्द्र रेग्मी, मनिस राजभण्डारी, इन्द्रमणी पौडेल, नविन कुमार श्रेष्ठ र अकिल बहादुर क्षेत्री बिजयी भए ।
त्यस्तै उमाकान्त शर्माको प्यानलबाट दिपक हमाल, बद्रि ढुंगाना, राजु गौतम, सुदिप सागर कँडेल, श्रीजय श्रेष्ठ र उमेश केसी विजयी भएका छन् । संघको उद्योग सदस्यमा रामप्रसाद शर्मा र चुडामणी सापकोटा विजयी हुनुभयो । सापकोटा शाक्य प्यानल र र शर्मा उमाकान्त प्यानलका थिए ।
महिला सदस्यमा शर्मा पयनलबाट सविता आचार्य र कमला पारजुली विजयी भए । भने शाक्य प्यानलबाटर सिर्जजना राजभण्डारी श्रेष्ठ बिजयी भइन् । निर्वाचित हुने १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० जना शाक्य प्यानलका बिजयी भएभने शर्मा प्यानलबाट ९ जना सदस्य बिजयी भए । बिद्यानले तोके बमोजिमा सदस्य अध्यक्षले मानोनित गरेपछि जम्मा सदस्य मध्येबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष चुनिने व्यवस्था रहेको छ ।













