बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा सम्पन्न

-


     हिडन खबर    
     फागुन १७ गते २०८१ मा प्रकाशित


काठमाडौं ।बागलुङ जन्मघर भई काठमाडौंमा बसाेबास र व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि २०३९ सालमा स्थापना गरेको
बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा तथा अधिवेशन शनिबार  काठमाडौंमा भएको छ ।

साधारण सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले समाजको गतिविधि प्रस्तुत गरेकी थिइन् ।साथै सचिव किस्मतमणि श्रेष्ठले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद यमुना श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संस्थापक सदस्य दिल विकास राजभण्डारी, बागलुङ समाजका पूर्वअध्यक्ष सुमन शाक्य र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले संस्थाले शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ धारणा राखेका थिए । आजको अधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठको स्वागत र सचिव किस्मत मणि श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।