ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

-


     हिडन खबर    
     चैत्र २९ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताए । यस्तै सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएकाछन् ।