
गण्डकी प्रदेशको दोस्रो ब्यापारी केन्द्र बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक चैते दशै मेलामा भक्तजनको ठूलो घुइँचो लागेको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम हटेपछि मन्दिरमा पुजा गर्न आउने भक्तजनको ठूलो मात्रामा भिड लागेको हो ।
चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको चैत्राष्टमी पर्वको महाअष्टमीको दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ सदरमुकाममा रहेको कालीका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा चैत्राष्ठमी दिनमा विहान ४ बजेदेखि नै मन्दिरमा पुजा अर्चना गर्न भक्तजनहरू पुगेका छन् ।
कोरोना भाइरसको जोखिम कम भए संगै प्रशासनले मठ मन्दिरमा लगाउदै आएको प्रतिबन्ध हटाएपछि यस पटकको चैते दशैमा भक्तजन उपस्थित उल्लेखनीय मात्रामा भएको कालीका भगवती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
कोरोनाको जोखिम कम भए संगै चैते दशैमा दैनिक रूपमा हजारौंको भक्तजनहरू पुजा अर्चनाको लागि आउन थालेका छन् । कालीका भगवती मन्दिरमा ऐतिहासिक रुपमा लाग्ने मेला विगत दुइ वर्ष नभएको कारण पनि मन्दिरमा आउने भक्तजन विगतमा भन्दा बढेको स्थानीय बताउँछन् ।
कोरोनाको कारण वन्द भएको मन्दीर खुल्ला भएसंगै बागलुङको प्रसिद्ध कालिका भगवतीमन्दीरमा पनि दर्शनार्थीहरुको भिड लाग्न थालेको छ ।
बागलुङ सदरमुकाम ५ सय बर्ष अघि देखि चल्दै आएको चैते दशै कोरोनाको जोखिमका कारण विगत दुई वर्ष ठप्प हुदा भक्तनको भाकल पुरा गर्न आउनेहरु वढेको छन् । यहाँ धौलागिरी अञ्चल बाहेक पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् ।
नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा चैते दशैको अबधिभर ५ लाख भन्दा बढीभक्तजनहरू मन्दिरमा पुजा गर्न आउने गरेका छन् । मनले चिताएको मनोकामना पुरा हुने विश्वासका साथ भक्तजनले बोका, हाँस, कुखुरा, राँगो बलि दिने चलन रहेको छ । विगत पाँच वर्ष पहिले सम्म मरिन्दमा परेवा वलि दिने चलन भए पनिे शान्तीको प्रतिकको रुपमा लिने परेवाको वलि चढाउने प्रथा अन्त्य गरि उडाउने प्रचलन ल्याईएको छ । चैते दशैको ९ दिनको अबधिभर बागलुङमा १० करोड भन्दा पनि बढीको ब्यापार ब्यबसाय हुने दावी गरिएको छ । सोह्रौं शताब्दीमा पाल्पाका राजा मणीमुकुन्द सेनले आफ्नो छोरीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसंग विवाह गर्ने क्रममा छोरीले खेल्ने देवीको मुर्ति दाइजो स्वरुप दिएका थिए । हालको बागलुङ सदरमुकामको पुछारमा आउँदा मुर्ति डेग नचलेपछि त्यही प्रतिस्थापन गरिएको र त्यहीबेला देखि यहाँ पुजाआजा शुरु भएको इतिहासमा उल्लेख गरिएको छ ।









