चैते दशै मेलामा शनिवार चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति हुँदै

-


     हिडन खबर    
     चैत्र २५ गते २०७८ मा प्रकाशित


कोरोनाको कारणले विगत दुई बर्ष ठप्प रहेको चैते दशै मेला बिहिबारबाट बागलुङ सदरमुकाममा शुरू भएको छ । कालीका भगवती गुठी ब्यबस्थापन समितिको आयोजना भएको मेलामा देशका चर्चित राष्ट्रिय कलाकारले आफ्नो गीत नृत्य बाट मेला भर्न आउने दर्शकलाई मनोरन्जन दिइरहेका छन् ।

ऐतिहासिक रूपमा कालीका भगवती मन्दिर परिसरमा लाग्ने चैते दशै मेलाको तेस्रो दिन शनिबार चर्चित गायक गायीकाको गीत संगीत प्रस्तुती ,रहने कलाकार संयोजक भरत खड्काले बताउनुभयो ।

चर्चित गायक बिष्णु खत्री,जिवन शर्मा, प्रकाश सपूत ,थानेश्वर गौतम, खेम सेन्चुरी, मान्डवि त्रीपाठी, टिका पुन,आशिस अविरल, राजेश बर्देवा,रिता केसी,रिना केसी,डान्सर यमुना रसाइली र सोनिया खत्रीको प्रस्तुति रहने खड्काले बताउनुभयो ।

२८ गतेसम्म चल्ने चैते दशै मेला अबधिभर चर्चित कलाकारको बेजोड प्रस्तुति रहने छ ।