
बागलुङ , पौष १४ । युनियन बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दुर्गा कुँवरले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनुभयो।
सहकारी अभियानले छरिएर रहेकाे पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले सहकारी संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्न संचालक समिति र शेयर सदस्यको जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुने बताउनु भयो । सदस्यले चासो नदेखाएका सस्था समस्यामा पर्ने गरेकोले शेयर सदस्यले आफ्नो संस्थाको बारेमा जानकारी लिन आग्रह गर्नु भयो ।
सो अवसरमा सस्थाका सचिव अस्मिता गौतमले
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र २०८१ / ०८१ प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष खगराज शर्माले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्रकान्त पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा उत्कृष्ण बचतकर्ता, एसइइ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष अगम कुमार पालिखेको अध्यक्षता उपाध्यक्ष मंगल सुवेदीको स्वागत र सचिव अस्मिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।
















