
पर्वत / हाम्राे अभियान, लाेक संस्कृतीकाे संरक्षण,स्रष्टाकाे सम्मान नव प्रतिभाकाे प्राेत्साहन भन्ने मुल नाराका साथ स्थापना भएकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पर्वतले अङ्ग्रेजी नयाँ बर्ष २०२५ काे अवसर पारेर दाेस्राे युवा पर्यटन तथा सडक महाेत्सब २०८१ काे आयोजना गर्ने भएको छ ।
पर्वत जिल्लाकाे सदरमुकाम कुश्मा बजार स्थित बञ्जि साईड रिसाेर्टमा आउदाे पुष १५ गते देखि १७ गते सम्म संचालन हुने महाेत्सबकाे गण्डकी प्रदेश सरकारका माननीय उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्वघाटन गर्ने कार्यक्रममा दर्जनाै कलाकारकाे सहभागिता रहने प्रतिष्ठानले जनाएकाे छ ।
कार्यक्रममा र्याली तथा झाकी प्रदर्श बिद्यालय स्तरीय नृत्य प्रतियाेगिता, पर्वत जिल्लाका पर्यटकीय क्षेत्रहरूकाे फाेटाे भिडियाे प्रदर्शन, विभिन्न रमाईलाे खेल संगै खानाकाे परिकार संग रमाउदै साथमा चर्चित गायकहरू कुलेन्द्र बिश्वकर्मा, शिव हमाल,दिपक खडका, जीवन दाहाल, चाेलेन्द्र पाैडेल, घनश्याम रिजाल, कृष्ण अखेली, राजन कार्कि, रामजि पाैडेल,कृष्ण सुवदी,आरसि पाैडेल,गायिकाहरू रिता थापा मगर, माया गुरूङ, सरस्वती लामिछाने,मन्ज बिक, पुजा कार्कि, शाेभा परियार लगायतका कलाकारकाे प्रस्तुति रहने कार्यक्रम छ ।












