
बागलुङ मंसिर ३०
सीप सिक्नु हामी महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने उदेश्य साथ स्थापना भएको
महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २४ आैं साधारणसभा सम्पन्न भएको छ ।
२४ बर्ष अघि बागलुङ सदरमुकाममा रहेका महिला उद्यमीकाे नेतृत्वमा स्थापना भएको सहकारीकाे शेयर पुजी ८१ लाख ५९ हजार एकसय रूपैयाँ रहेको सहकारीले आर्थिक बर्ष २०८०/८१ मा १ करोड ६७ लाख ८९ हजार ६ सय ८५ रूपैयाँ गरि ४ लाख ९५ हजार ५३ रूपैयाँ ३२ पैसा
मुनाफा गरेको प्रतिवेदन सचिव सृजना पन्तले जनाएको छ ।सहकारीमा २४४ जना शेयर सदस्य बनेर दैनिक रूपमा काराेवार गरिरहेकाे छ ।
साधारणसभामा ७० बर्ष उमेर पूरा गरेका ५ जेष्ठ नागरिक ,असल ऋणी ,असल नाबालक ,नियमित बचत कर्तालाइ नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
साधारणसभामा प्रमुख अतिथि सहकारीका प्रमुख संस्थापक संरक्षक प्रेम छाेटा ,सहकारीका पुर्व अध्यक्ष ज्याेति श्रेष्ठ ,संस्थापक संरक्षक सदस्य इन्द्र कुमारी श्रेष्ठ ,चन्द्र कुमारी श्रेष्ठ , सल्लाहकार कृष्ण शंकर श्रेष्ठ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पत्रकार काेपिला कडेल ,सहकारीका संगिता श्रेष्ठ, लगायतका बक्ताहरूले सहकारीको भावना र धारणा अनुसार सहकारी लाई महिला उद्यमीहरूलाई अझै अगाडि बढाउने काममा लाग्न सकेमात्र
आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखेका थिए ।
महिला उद्यमशीलता विकास सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा स्वागत पुष्प किरण सैजु र सचिव सृजना पन्तकाे संचालनमा सम्पन्न भएको थियोे ।
















