सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको ९ सेवा केन्द्रमा शनिबार १५ र्औ साधारण सभा सम्पन्न

-


     हिडन खबर    
     मंसिर २३ गते २०८१ मा प्रकाशित


बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको ९ वटा सेवा केन्द्रमा शनिवार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको सस्थाले शनिबार ९ वटा सेवा केन्द्रमा सभा सम्पन्न भएको हो ।

मंसिर ८ गतेबाट सुरु भएको सस्थाको १५ औँ वार्षिक साधारण सभा अन्र्तरगत १९ वटा सेवा केन्द्रको इकाई साधारण सभा सकिएको र बाँकी ६ सेवा केन्द्रमा मंसिर २९ गते साधारण सभा तय भएको छ ।

शनिरबार मुलपानी, तिरुपती सदस्य सेवा केन्द्र, कल्याणकारी सदस्य सेवा केन्द्र, बलेवा सदस्य सेवा केन्द्र, जैमिनी सदस्य सेवा केन्द्र, बरेङ सदस्य सेवा केन्द्र गुप्तेश्वर सदस्य सेवा केन्द्र, पञ्चकोसी सदस्य सेवा केन्द्र र बगैचा सदस्य सेवा केन्द्रमा साधारण सम्भा सम्पन्न भएको सस्थाले जनाएको छ ।

साधारण सभाको अवसरमा सेवा केन्द्रको आर्थिक वर्ष ०८०/ ८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८१/ ८२ को प्रस्तावित नीति तथा कार्यक्रमहरुको बारेमा सम्वन्धीत सेवा केन्द्रका सचिवहरु र आर्थिक वर्ष ०८० र ८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०८१/ ८२ को प्रस्तावित आय व्ययको बारेमा सेवा केन्द्रका कोषाध्यक्षहरुले प्रस्तुत गर्नु भएको प्रतिवेदन माथि छलफल गर्दै सुझावहरू संकलन सहित प्रतिवेदन सर्वसम्वतरुपमा पारित गरिएको थियो ।

साधारण सभाको अवसरमा असल कारोवार गरी उत्कृष्ट शेयर सदस्यहरू, असल बाल बचतकर्तालाई सम्मान गरिएको थियो भने नियमित रुपमा ऋणको असल कारोवार गरेका शेयर सदस्यहरूलाई ग्रीन कार्ड प्रदान गरिएको थियो।  साधारण सभाको अवसरमा ८० वर्ष पुरा भएका जेष्ठ नागरिक शेयर सदस्यहरुलार्य स्वस्थ्य उपचार खर्च स्वरुप जनही ५ हजारका दरले रकम हस्तान्तरण गरिएको थियो।