रवि लामिछाने लाई १० दिन म्याद थप

-


     हिडन खबर    
     कार्तिक २० गते २०८१ मा प्रकाशित


काठमाडौ /सहकारी प्रकरणमा छानबिनको लागि पक्राउ परेका पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई थप हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको हाे । 

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् ।

उनलाई असोज ४ गते छ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । त्यसपछि सात दिनको म्याद थपिएका उनलाई आज १० दिन हिरासतमा राख्न भनिएको हो ।