
बागलुङ ।कार्तिक २०
बागलुङ सदरमुकाममा ३ सय बर्ष देखि बसाेबास गर्दै आएका नेवार समुदायले ऐतिहासिक धार्मिक सांस्कृतिक रूपमा महत्त्व बाेकेकाे प्रसिद्ध हनुमान नाँच ९ बर्षपछि प्रदर्शन गरेको छ ।३/३बर्षकाे अन्तरालमा देखाइने परम्परा भएपनि काेराेना भाइरस काेभिड १९ लगायतका कारण यो नाँच ढिलाे शुरू गरिएको छ ।
भक्तपुरबाट १७६८ मा बागलुङ आएसँगै नेवार समुदायले हनुमान नाँचको संरक्षण गर्दै आएका छन् ।बिजाेर बर्षमा प्रदर्शन गरिने ऐतिहासिक धार्मिक सांस्कृतिक महत्त्व बाेकेकाे हनुमान नाँच काेराेना भाइरस काेभिड १९ का कारण बागलुङ बजारमा ९ वर्षपछि हनुमान नाँच प्रदर्शन गरिएको हाे ।
हरेक ३ बर्ष काे अन्तरालमा देखाइने प्रसिद्ध धार्मिक हनुमान नाच काेराेना लगायत देशको परिस्थितिका कारण
ढिलो हुन पुगेको ढिलै भएपनि ९ बर्षपछि हनुमान नाच देखाउन सफल भएको हनुमान नाँच संरक्षण परिषदका अध्यक्ष तीर्थ प्रसाद श्रेष्ठले बताए ।
पहिला पहिला ३ या ५ वर्षमा देखाउने गरिएको भएपनि यसपाली ९ वर्षमा देखाउन लागिएको जानकारी दिदै उहाँले यो नाँच संरक्षणमा सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने प्रधानकजी इश्वरप्रसाद मलेपतिले बताउनु भयो ।
मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको हो । एकै पटक १३ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ ।
यो हनुमान नाच अहिले बागलुङमा जीवित रहँदा अन्यत्र लोप भैसकेको छ । ‘अहिले भक्तपुर बनेपामा यो देख्न पाइँदैन, बागलुङमा अहिलेसम्म पनि जोगाएर राखेकाे देखिन्छ ।
नेवार समुदायहरू शक्तिमा आश्रित हुने भएकाले पनि शक्तिको रुपमा हनुमानलाई खुसी बनाउन यस्तो गरिएको छ। ‘हनुमानलाई पूजा ग¥यो र खुसी बनायो भने कुनै पनि खालको बिघ्न बाधा आउँदैन भनेर शक्तिको प्रतीक मानेर यो चलन चलाएको पाइन्छ।
हनुमान नाच देखाउनका लागि करिब ५०÷६० जना प्रत्यक्ष सहभागी हुनुपर्ने हुन्छ। ‘२६ जना त नाच्ने मात्रै हुन्छन् त्यसमा बाजा बजाउने र अन्य सहयोगीहरू गरेर झण्डै ५०÷६० जनाको आवश्यकता पर्छ। धेरैको संख्या आवश्यक पर्ने भएकाले पनि यसलाई सञ्चालन गर्न चुनौती रहेको छ।
रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाच नचाउने चलन रहेको देखिन्छ ।
हनुमान नचाउँदा विभिन्न ताल छ। कलाकारले बाजाको तालमा एक अर्काले लट्टी ठोक्नुपर्ने हुन्छ। विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ। देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायतका नाचले निकै रमाइलो बनाउँछ। हनुमान नाचमा संलग्न पूजारतले सेता गन्जी र कछाड बाँध्ने गर्छन्। नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन्। विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ। उनी भन्छन्,‘वीर चढ्ने भनिन्छ, तालमा बाजा बजाउँदा नाच्नेलाई मात्र होइन बाहिर बसेर हेर्ने मानिसहरूको पनि शरीर कम्पन हुन्छ।’ त्यति बेला पूजारी धूप सुँघाएपछि ठिक हुन्छ। प्रचलन अनुसार यो नाच शनिबार, मंगलबार र बिहीबार देखाउन चलन छ ।
बागलुङ नगरको ऐतिहासिक प्रसिद्ध हनुमान नाँचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न यस पालिको नीति तथा कार्यक्रममा विशेष महत्व दिएर समावेश गरेको छ ।












