
बागलुङ कार्तिक ६
बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ असाेज महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ ।
कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असाेज महिनामा ४५ लाख २७ हजार ७ सय ८६ रूपैयाँ आम्दानी र खर्च तर्फ १३ लाख ९० हजार ६ सय रूपैयाँ खर्च भइ ३१ लाख ३७ हजार १ सय ८६ रूपैयाँ आम्दानी भएको हिसाब अनुमाेदन गरेको छ ।
नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरकाे राम्रो प्रचारप्रसार भएपछि मन्दिरमा दिनहुँ हजारौं धार्मिक पर्यटक मन्दिर दर्शन र अवलोकन गर्न आउन थालेपछि मन्दिरको आम्दानी पनि हरेक बर्ष बढेर गइरहेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका सचिव अर्जुन खड्काले बताए ।
देशका धेरै धार्मिक सामाजिक संघसंस्थाहरूले आफ्नो हिसाबकिताब पारदर्शी रूपमा नराख्ने भएको हिसाबकिताब समेत सार्वजनिक नगरिरहेकाे समयमा कालीका गुठीले भने हरेक महिनाको पहिलाे साता मन्दिर भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।










