
विभिन्न सामाजिक संघसंस्था क्रियाशील भएर काम गरेकि बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता खड्का ३ बर्ष देखि बागलुङ सदरमुकाममा कर्नर बेकरी क्याफे संचालन गर्दै आउनुभएको छ ।
आफ्ना सहपाठीहरू पढाइ र राेजगारीकाे लागि अमेरिका जापान, काेरिया,अस्ट्रेलीया, क्यानडा लगायतका देशमा गइरहेको समयमा सुनिता भने आफ्नो ठाउँ मै केही गर्नुपर्छ भन्ने मान्यता भएपनि के काम शुरू गर्ने भन्ने दाेधारमा थिइन् ।
साथीहरू संग बेला माैकामा घुम्न निस्कने क्रममा चिया कफी खाने कुरा स्वभाविक रूपमा चल्दै आएको थियोे ।
सधैं झै दिदीबहिनी घुम्ने क्रममा बागलुङ बजारको एक बेकरीमा खाजा खाने क्रममा पसलका सञ्चालकले गरेको अमिल्दाे ब्यवहार कै कारण आफू यो ब्यवसायमा प्रवेश गरेको खड्काले हिडन खबरलाई बताउनुभयो । अहिले बच्चा देखि जेष्ठ नागरिक सम्मको जन्मदिनको लगायत पर्वहरूमा समेत केक काट्ने संस्कृति चलिरहेको कारण बजारमा केककाे माग ह्वात्तै बढेर गइरहेको देखेपछि साथीहरूकाे सल्लाह बमोजिम आफू वेकरी सञ्चालन गर्ने निष्कर्षमा पुगेकि हुन् ।
साच्चै कहिलेकाही मान्छेले भनेको एक वचन पनि जिन्दगीमा ठूलो सिकाई हुदाे रहेछ मान्छेलाई उद्यमी बन्न पसल संचालिकाले अभिप्रेरित गरेको कारण पाेखरामा कान्तिपुर हाेटल ट्रेनिङ सेन्टरमा ३ महिना तालिम लिएर पाेखराकाे पर्यटकीय केन्द्र लेकसाइडकाे हिमालय जावामा ९ महिना काम गरेको अनुभवकाे आधारमा अहिले अगाडि बढिरहेको खड्काको भनाइ छ ।

अहिले दैनिक रूपमा १५ देखि २० वटा सम्म केक बिक्री हुने गरेको छ । बेकरीमा ५०० देखि ५ हजार सम्मको केक बिक्री हुदै आएको बेकरीमा ४ जना महिलालाई प्रत्यक्ष रूपमा राेजगारी समेत दिएका छन् । बागलुङ बजारको मेनराेडमा खड्काले झण्डै १८ लाख लगानी गरेर कर्नर बेकरी क्याफे सञ्चालन गरेका छन्
पसलमा समेत चिया कफी खान नियमितरूपमा ग्राहक आउने गरेको कारण पनि सुनिता आफुले गरेको ब्यवसायमा सन्तुष्ट देखिन्छन् । उनलाई ब्यबसायमा बहिनी ले सघाइ रहेका छन् ।
आफ्नो ठाउँमा काम र राेजगारी नभएको भन्दै दिनहुँजसो दर्जनौं युवा युवती बिदेशीदै गइरहेको बेला काम गर्न सक्यो भने यहाँ पनि थुप्रै संभावना छन् भन्ने कुरा सुनिताले देखाइ दिएका छन् । आफ्नो ठाउँमा काम गर्न चाहने र लगानी गर्न सक्ने युवा जनशक्ति भएपनि यिनलाई यहीँ संभावना छ काम गर्न सिकाउने संघसंस्था र ब्यक्ति नहुदा भने जिल्लामा भएका जनशक्ति बाहिरिने क्रम भने बढेर गएको देखिन्छ ।स्थानीय तहमा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे लागि लाखौं रूपैयाँ बजेट आउने र खर्च हुने गरेपनि त्यो नाम मात्रको भएको देखिन्छ ।









