
बागलुङ बजारमा आइतबार दुई ट्रकमा गरि ११८६ थान गृहलक्ष्मी ग्यास भित्रिएको छ ।
गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको गगन गौँडामा रहेको उद्योगबाट चलानी गरि बागलुङ बजारका विभिन्न डिपोहरुमा वितरण गर्न ६१६ थान र ५७० थान गृहलक्ष्मी ग्यास सिलिन्डर छुट्टाछुट्टै ट्रकमा बागलुङ भित्रिएको ग्यास वितरक संघ बागलुङका अध्यक्ष हरि आचार्यले हिडन खबरलाई बताउनुभयो ।
“बागलुङ बजारमा ग्यासको अभाव अूण थालेक छ, हामीले निकै अनुरोध गरेर आज ११८६ थान गृहलक्ष्मी ग्यास बजार भित्र्याएका छौं” आचार्यले हिडन खबरसँग भन्नुभयो ” बागलुङ बजारमा गृहलक्ष्मी ग्यासको अभाव छैन तर शक्ति ग्यास भने अभाव रहेको छ”
बागलुङ बजारको धौलागिरी चोकमा रहेका सिद्धि विनायक स्टोर, शुभम स्टोर, रामरेखामा रहेको फेमिलि स्टोर, हल्लनचोकमा रहेको श्रेष्ठ किचन, राधा किराना स्टोर, बालमन्दिर रोडमा रहेको श्रेष्ठ किराना स्टोर, शिव स्टोर, प्रयास किराना स्टोर, सरोज किराना, देउराली चोकमा रहेको हिमालयन स्टोर, उपल्लाचौरमा रहेको आचार्य स्टोर, क्याम्पस चोकमा रहेको आविस्कार ट्रेडर्स लगायतमा गरि कुल ११८६ थान सिलिन्डर भित्रिएको आचार्य स्टोरका सञ्चालक समेत रहेका विरतक संघका अध्यक्ष हरि आचार्यको भनाई रहेको छ ।

बागलुङ बजारमा गृहलक्ष्मी, शक्ति, नेपाल, एनएल र राजधानी ग्यासको विक्रि वितरण भइरहेको छ भने ग्यास वितरक संघ बागलुङमा बजार क्षेत्रका २५ वितरक आवद्ध रहेको अध्यक्ष आचार्यको भनाई रहेको छ ।
यता उपभोक्ताले भने सहजै ग्यास नपाएको गुनासो गरेका छन् ।
“ग्यासको मुल्य बढ्ने भन्ने चलिरहेको छ त्यसैले कृतिम अभाव हुनसक्छ” स्थानीय अगुवा भरत पुरीले भन्नुभयो “यसतर्फ सम्बन्धित निकायहरूले समयमै अनुगमन गर्नु जरुरी छ”
दैनिक उपभोग्य सामाग्रीका हिसाबले सबैभन्दा अनिवार्य मानिने ग्यासको कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन जरुरी देखिन्छ ।









