काेराेनाले ड्रायगन फलकाे ब्यवसायीक खेती गर्न सिकायाे

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १८ गते २०८१ मा प्रकाशित


बागलुङ / बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण लग डाउन घाेषणा भएपछि ब्यापार ब्यवसाय गरेर बसिरहेका धेरै ब्यवसायी ब्यवसाय बाट पलायन भएको समयमा भने बागलुङका एकजना युवा ब्यवसायीले भने त्यहीँ लगडाउन कै समयमा लाखौं रूपैयाँ लगानी गरेर सिउँडी फल अर्थात् ड्रायगन फल (Dragon Fruit)काे ब्यवसायीक खेती शुरूवात गरेर बिक्रीवितरण समेत शुरू गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ का युवा ब्यवसायी
बिमलेश आचार्यले बागलुङ नगरपालिका १ रामरेखामा करिव ३० लाख रूपैयाँ लगानी गरेर शुरूवात गरेको ड्रायगन फलकाे उत्पादन गत बर्षदेखि नै गरेपछि यश फलले राम्रो बजार पाइरहेको छ ।

माआ‌ेवादी नेता तथा पुर्व मन्त्री लाेकेन्द्र बिष्टले शुरूवात गरेकाे ब्यबसाय हेरपछि आफुले तत्काल निर्णय गरेर
ड्रायगन फलकाे खेती गरेको ब्यवसायी बिमलेश आचार्यले बताए ।

शुरूमा ड्रागन फल भनेको थाहा थिएन नेपालीमा सिउडी भनेर चिनिए पनि यसलाई सबैले ड्रायगन फल भनेरै चिन्ने रहेछ शुरूवातमा के हाे कसाे हाे भन्ने लागेको थियोे बल्ल उत्पादन भएपछि थाहा भएको ब्यवसायीका वुवा महेन्द्र आचार्यले बताए ।

शुरूवात उत्पादन भएपछि मान्छेहरूलाई बाेलाएर चखाउने
गरेपछि यो फलकाे स्वाद मनपराए फेस बुकमा बिज्ञापन गरेपछि अनलाइन अडर आउन शुरू भएको काठमाडौं पाेखरा चितवन देखि गाउँ गाउँमा समेत गएको ब्यवसायी
सम्झना आचार्यले बताए ।

बागलुङ उत्पादन शुरूवात भएपछि यो ड्रायगन फल मन पराउने उपभोक्ताहरू घरमै गएर खरिद गर्ने गरेका छन् ।
शुरूवात समयमा महंगो फलकाे रूपमा बिक्रीवितरण हुने गरेको भएपनि अहिले भने ५०० रूपैयाँ केजीमा बिक्री गरिरहेका छन् ।यसकाे बिक्री बाट राम्रो आम्दानी समेत गरिरहेका छन् ।

यो एक प्रकारको सिउडी  प्रजातिको विरुवा हो । यसलाई पितयाको नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम ह्य्लोकेरेउस उन्दतुस हो । यस्को स्तम्भ कमजोर भएकोले सपोर्टको आवश्यकता पर्दछ । यस्को लहरा ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो ।

याे फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ ।
स्वादका पारखिहरुले सिउडी(ड्रागन) फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्राम देखि १ ।२ केजी सम्मको हुन्छ । अहिले बजारमा यो फल
५०० रूपैयाँ केजीमा बिक्री हुने गरेको छ ।

यस्को खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानी पनि भनिन्छ । यस्को विरुवा एक पटक लगाए पछि १५–२० वर्ष सम्म उत्पादन दिने भएको कारणले पनि यो खेती तर्फ आकर्षित भएको देखिन्छ ।