बागलुङमा बाढी पहिरो, २ जनाको मृत्यु

-


     हिडन खबर    
     असार १६ गते २०८१ मा प्रकाशित


बागलुङमा शुक्रबार साँझदेखि शनिबार बिहान सम्म लगातार परेको बर्षाको कारण जिल्लाको गलकोट मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका प्रेमबहादुर विक र उनकी पत्नी ५० वर्षीया वसन्तीको मृत्यु भएको प्रहरीले हो । शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले विकको घर बगाएको थियो । पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी विक र नाति शिविर विक घाइते भएका छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको छ ।

जिल्लाको विभिन्न स्थानमा पहिरोले गोठ बगाउदा भैंसी बाख्रा पुरिएर मरेको प्रहरीले जनाएको छ । पहिरोको कारण बिहान अबरुद्ध रहेको मध्यपहाडी लोकमार्ग कालीगण्डकी कोरिडोर संचालनमा आएको छ । पहिरोलेले अवरुद्ध मध्यपहाडी लोकमार्ग नेपाली सेनाले खुलाएको छ ।

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अन्तर्गत घोडाबाँधे मा अवरुद्ध सडक नेपाली सेनाको श्री मेहर गण घोडाबाँधेले सुचारु गरेको हो । जिल्लाको जैमिनी नगरपालिका ५ स्थित मञ्जु श्रेष्ठको किराना पसल ठेउले खोलामा आएको वाढीले बगाउदा किराना सामानहरु र अन्दाजी डेढ तोला बराबरको सुनको गर गहना बगाउदा २ लाख ३० हजार भन्दा वढीको क्षति भएको प्रहरीले जनाएको छ । करिडोरको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । करिडोरसँगै जोडिएका दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध छन् ।