
बागलुङ / बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक ऐन २०८१ तथा करका वर्तमान प्रावधानहरुको बारेमा अन्तरक्रिया तथा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वयमा वर्तमान कर व्यवस्था तथा आर्थिक ऐन २०८१ मा भएका छुटसुविधाहरुको बारेमा जानकारी दिने उदेश्यले करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङमा प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने, नीति, छुटको व्यवस्था, व्यवसाय कर लगायतका बारेमा सहजिकरण गर्नु भएको थियो ।
प्रमुख कर अधिकृत श्रीवास्तवले व्यवसायीलाई आफूले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
त्यस्तै कार्यालयका कम्युटर अपरेटर कृष्ण बहादुर खत्रीले विद्युतीय कर प्रणालीका बारेमा सहजिकरण गर्दे विद्युतिय माध्यमद्धारा राजश्व भुक्तानी बैकिङ प्रणालीबाट कर तिर्ने लगायत विषयमा जानकारी गराउनु भयो ।
अव घरमै वसेर कर चुक्ता गर्न सकिने सुविधा रहेको जानकारी दिनुभयो ।दुई चरणमा भएको कार्यक्रम अन्तरगत पहिलो चरणमा उद्योगि व्यवसायी र दोश्रो चरणमा निर्माण व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको थियो । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी आन्तरिक राजस्व कार्यालय बागलुङमा प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।कर शिक्षा बारे जानकारी नहुँदा विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई समस्या झेल्नु पर्ने बाध्यता छ ।














