गृहमन्त्री लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता,बुधबारका लागि पेशी तोकियो

-


     हिडन खबर    
     जेठ १४ गते २०८१ मा प्रकाशित


काठमाडौं — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग सहित सर्वोच्च अदालतमा आज दिउँसो रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो ।

लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता  गरेका हुन्  । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ ।

अधिवक्ता भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरेका छन्  । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ ।

केही दिनदेखि संघीय संसदमा प्रमुख प्रतीपक्षयदल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जाेडिएकाे भन्दै गृहमन्त्रीकाे राजीनामा र संसदीय छानबिनको माग गर्दै
संसद अवराेध गर्दै आएको छ ।